२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

प्रधानमन्त्रीपत्नी शाक्य भन्छिन् : ‘उहाँ ४ पटक प्रधानमन्त्री बन्नुभयो, शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ’

सोमवार , जेठ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनैपनि काम नगरेको बताएकी छन् ।

सोमबार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । ओलीसँग विवाह गरेको करिव ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् ।

उनले पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौतिसमेत दिइन् । कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले बताइन् । उनले आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने बताइन् ।

उनले भनिन्, ‘जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरुको व्यवस्थापन कसरी भएको छ ? के भएको छ त्यो म जान्दिनँ । किनभने म कुनैपनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिन पनि । अघि पनि कुरा आयो । मैले सधैँ भन्ने गर्दछु, म राजनीति गर्दिन तर म राजनीति मज्जाले बुझ्छु । किनभने मेरो पृष्ठभुमि पनि राजनीति नै हो । बुझ्ने इन्ट्रेस्ट पनि हो । त्यसमाथि केपी ओलीसँगै बसेपछि त अलिअलि राजनीति नबुझ्ने हुँदैन होला, बुझ्छु । राजनीतिलाई विश्लेषण नै गर्ने हो भने मलाई लाग्छ म सही ढंगले विश्लेषण गर्नसक्छु । मलाई कुनै लोभ, अवसर, महत्वकांक्षा छैन । हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन । तपाईंहरुले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहान्छु । मैले उहाँसँग विवाह गरेको ३७—३८ वर्ष भयो । उहाँ ४ पटक प्रधानमन्त्री बन्नुभयो । गृहमन्त्री, परराष्ट्रमन्त्री, केके हुनुभयो । तर एक जना मान्छेलाई एउटा सानो पोस्टमा पनि पदको दुरुपयोग गरेर राख्ने गरेको छैन ।’

प्रथम महिला शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट