२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, सांसदसँगको प्रश्नोत्तर स्थगित

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर, स्वास्थ्यको कारण आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि प्रश्नोत्तरको कार्यसूची हट्ने भएको छ ।

स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने भएका हुन् । प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो ।

आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ । बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट