२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राप्रपा सांसद कार्कीको प्रश्न : काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर ?

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरुको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले काँग्रेस सांसदहरु संसदमा कम रहेको बताइन् । उनले काँग्रेस सांसदहरु आज गभर्नर खोज्न की प्रधानमन्त्री खोज्न जानुभएको भन्दै प्रश्न गरिन् । ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘आज त नेपाली काँग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरु कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’

संसदमा ८ जना भन्दा बढी काँग्रेसका सांसद नदेखिएको उनको आरोप छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट