२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

भूमीसम्बन्धी विधेयक कार्यकर्ता पाल्नेगरी आयो : राप्रपा सांसद कार्की

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भूमीसम्बन्धी विधेयकले धेरै प्रश्न उब्जाएको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् । सांसद कार्कीले विधेयक देश र जनताको हितमा भन्दा पनि आफ्ना कार्यकर्ताको हितमा ल्याएको आरोप लगाइन् ।

उनले हदभन्दा बढी जग्गा सुरक्षित गर्न विभिन्न सहकारी संस्था वा कम्पनीका नाममा राखिएको जग्गालाई समेत घडेरी वा आवास निर्माण गरेर विक्री वितरण गर्न पाउने व्यवस्था राखिनु नै असल नियत नभएको स्पष्ट पारिन् । उनले हदबन्दी जग्गाको विक्री सहज हुने प्रावधान राखेर विधेयक आउनु नै गलत मनसायले आएको आरोप लगाइन् ।

उनले भनिन्, ‘भूमीसम्बन्धी विधेयकले धेरैवटा प्रश्नहरु उठाएको छ । सरकारको नियतमाथि पनि शंका गर्ने प्रशस्त ठाउँ राखेको छ । यदि यो विधेयक देश र जनतालाई केन्द्रविन्दूमा राखेर ल्याएको भए ठीकै छ । तर, विगतमा सरकारका क्रियाकलाप देखिएको छ त्यसतर्फ हेर्दा मलाई शंका लागेको छ । शुरु नापी हुँदाको बखतमा क्षेत्रीय नापी कितावमा वा लागतमा गौचर, हाट वा घाट बजार उल्लेख भएको तर उपयोग नभएको जग्गा स्थानीय कार्यपालिकाको किटानी निर्णयसहित सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउन बाधा पर्ने छैन । कुरा राम्रो छ, सहज छ । तर सुकुम्वासी र अव्यवस्थित बसोवासी ठूला दलका कार्यकर्ता भए के गर्ने ? हदभन्दा बढी जग्गा सुरक्षित गर्न विभिन्न सहकारी संस्था, कम्पनीका नाममा राखिएका जग्गालाई समेत घडेरी र आवास निर्माण गरेर बिक्री वितरण गर्न पाउने व्यवस्था विधेयकले गरेको छ । यसले असल नियत देखाएन । त्यसैले विगतमा भएका काम र के के त्रुटी भएको छ ? विभिन्न कम्पनीको नाममा राखिएका हदबन्दीको जग्गालाई विक्री सहज हुने प्रावधान राखेर विधेयक आएको छ । यसले मिसन ८४ मा आफ्ना कार्यकर्तालाई वितरण गरेर चुनाव जित्ने मनसाय राखेको होला ।’

उनले गौचर, हाट, घाट वा बजार उल्लेख भएको तर उपयोग नभएको जग्गा स्थानीय कार्यपालिकाको किटानी निर्णयसहित सुकुम्वासी वा अव्यवस्थित बसोवासीलाई दिइने भन्नु कार्यकर्ता पाल्ने योजना भएको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट