काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले उर्जा विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् ।
बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सभापति सिंहले उर्जा विधेयक अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले अब चाँडो भन्दा चाँडो समितिले प्रक्रिया पूरुा गरेर सभामा पेश गर्ने तयारीमा रहेको जानकारी गराए । उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा आइसकेको र अब छिटै छलफल गरेर टुंगो लगाइने बताए ।
उनले भने, ‘उर्जा विधेयक अन्तिम अन्तिममा पुगिसकेको छ । अब चाँडो भन्दा चाँडो यो समितिले होमवर्क गरेर सदनमा लैजान तयार छौँ । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा आइसकेको छ ।’
बुधबारको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस