२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो : सांसद बाँस्कोटा

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् ।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए । उनले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि कझै अपूरो रहेको बताए ।

उनले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताए । अझै राम्रोसँग अध्ययन जरुरी रहेको उनले बताए ।

उनले भने, ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने यो प्रतिवेदनको विषयमा मेहनत भएको छ । तर त्यसको केही चिजहरुमा मेरो अलिकति पुगेन भन्ने छ । हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन । यो विषयमा छानविन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्युले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट