२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद आले

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताएका छन् ।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताए । उनले ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गरे ।

सार्वजनिक लेखा समिति कमजोर भएको त होइन भन्दै प्रश्न गरे । १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पुर्याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको बताए ।

उनले भने, ‘अहिलेसम्म हामीले फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र हामीलाई उपलब्ध भएको छ । २०१७ को डिजीले घरमा लगेर राखेको छ की हामीलाई थाहा छैन । अहिलेसम्म हामीले डकुमेण्ट माग्दा पर्याप्त डकुमेण्ट पाएका छैनौँ । ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट पाएका छैनौँ । कतै हाम्रो समिति धेरै कमजोर त भएन । यति बलियो सार्वजनिक लेखा समिति किन दिनदिनै कमजोर हुँदैछ ? यहाँ मूल्यवृद्धिका कुरा गरे कसै कसैले, बचाउका कुरा पनि गरे । म चुनौतिका साथ भन्न चाहन्छु, १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पुर्याइएको छ । ७१ मिलियन त्यहाँ खुलम खुला भ्रष्टाचार भएको छ । हामीले ५० लाख रुपैयाँ परदेशबाट गाउँपालिकाले बजेट हाल्दा सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का गर्नुपर्छ । तर यहाँ १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको छ ।’

सांसद आलेले भ्रष्टाचारको टे«लर पोखरामा देखिएको र अब फिल्म भैरहवामा हेर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट