२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछु : सांसद भट्टराई

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताएका छन् ।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आवश्यक छानविन गरीकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बताए । उनले साथै आवश्यक कारबाही गर्न पछि हट्न नहुने बताए । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘यसमा आवश्यक छानविन गरीकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ अख्तियारले । साथै आवश्यक कारबाही पनि गर्नुपर्छ । यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौँ, छन् भने कारबाहीको दायरामा हामी आउँछौँ । म टोटल मिडियाको अगाडि भन्छु । मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गर्छ भने म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जाओस् ।’

सांसद भट्टराईले कसैलाई लुकाउन, छिपाउन कसैले पनि नखोजेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट