काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सभापति खानकै लागि मात्रै आफू सभापति नबनेको बताएका छन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तत्कालीन समयमा राजनीतिक सहमतिका आधारमा निर्णय गर्दा आफूले सार्वजनिक लेखा समितिको जिममेवारी पाएको बताएका हुन् । उनले त्यसमा असन्तुष्टि भएको भए सबै जिम्मेवार बनेर पुनः सबै समितिको पुनःविचार गर्न आग्रह गर्नुपर्ने बताए । उनले समितिको बैठकबाटै राजनीतिक सहमति पुनः गरौँ भनेर निर्णइ गर्न आग्रह गरे ।
उनले भने, ‘सभापति खान आएको होइन । मैले बोलेकै हो । त्यतिखेर एउटा राजनीतिक सहमतिका आधारमा एउटा निर्णय निस्कियो । तर ठिक छ त आजको बैठकले सबै जिम्मेवार छौँ । संसदलाई आग्रह गरौँ । सबै समितिको पुनःनिर्वाचन गरि पाउँ । वा राजनीतिक सहमति गरि पाउँ । आज निर्णय गरौँ । नभएदेखि बारम्बार एउटै विषय । व्यक्तिगत रुपमा उसको आचरणमा कमजोर बनाउन, बाहिर भ्युज बढाउन, अपमान गर्न निम्ति यस्तो विषय दोहार्याउनु हुँदैन ।’
उनले भ्युज बढाउने नाममा अरुको व्यक्तिगत आचरण कमजोर बनाउन अपमान नगर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस