२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस् : गृहमन्त्री लेखक

बुधवार , जेठ ८, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरी बलले निष्ठापूर्वक काम गर्नुपर्ने बताएका छन् ।

सशस्त्र प्रहरी बलको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालयको तालिम समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपदका समयमा आम नागरिकको जिउ, जीवन र धन रक्षाका लागि सशस्त्र प्रहरी बल सधैं अग्रगतिमा रहनुपर्ने बताएका हुन् ।

उनले तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपद्को समयका लागि तयार भएर बस्न निर्देशन समेत दिए । मन्त्री लेखकले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि हुँदै आएको कामको प्रशंसा गर्दै विपद्मा परेका नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गरे ।

उनले संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विदको जोखिम न्यूनिकरण गर्दै जनधनको सुरक्षा गर्नु वर्तमानको आवश्यकता भएको बताए ।

उनले तालिममा हासिल भएका सीप राष्ट्रका लागि समर्पित गर्दै नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट