२६ फागुन, कैलाली । धनगढी तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले भीम रावलको अब नेकपा एमालेमा केही हक नभएको दाबी गरेका छन् ।
बुधबार धनगढीको चटकपुरमा रहेको पार्टी कार्यालय उद्घाटन गर्दै उनले भने, ‘भीम रावल अनाधिकृत हुन्। उनीमा अलिकति पनि नैतिकता छ भने प्रचण्डतिरै जानुपर्छ। त्यहाँ उनले हक खोज्न मिल्छ, अब एमालेमा उनको केही हक छैन।’
त्यस्तै उनले एमालेमा नीति नियममा चल्ने नेता चाहिएको बताए। उनले भने, ‘हामीलाई नेताको खाँचो छैन यो प्रदेशको इञ्चार्ज लेखराज भट्ट हुन्, अध्यक्ष म नै हुँ र बाँकि ९ वटा जिल्लामा यो बिचमा हामीले जो अध्यक्ष बनायौँ उहाँहरु नै आधिकारिक अध्यक्ष हो।’
नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा.भीम रावल प्रचण्डसँगै जानुपर्ने बाताउँदै रावल नेकपा एमालेका नेता नरहेको पनि उनको दाबी थियो।
हेर्नुहोस् भिडियो