२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

रवि लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा संसदीय दलको अर्को नेता चयन गरौँ : यज्ञमणि न्यौपाने

शनिवार , जेठ ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा संसदीय दलको अर्को नेता चयन हुनुपर्ने बताएका छन् । पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले यस्तो बताएका हुन् ।

उनले रिक्त पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य (सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुनेगरी) महाअधिवेशनसम्मका लागि तत्काल पूर्ति गर्नुपर्ने बताएका छन् ।

उनले सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिनुपर्ने पनि बताएका छन् ।

यस्ता छन् उनले दिएका सुझाव :

मिति २०८२२/१२ गतेको सर्वोच्च अदालतको आदेशले अब पार्टी सभापति रवि लामिछाने बाहिर आउने सम्भावना केही समयको लागि गाह्रो छ । पार्टीलाई अगाडि बढाउन देहाएका काम गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ रहेको छ।

संगठित रूप

१. रिक्त पार्टी उपसभापति ,महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य (सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुनेगरी) महाअधिवेशनसम्मका लागि तत्काल पूर्ति गर्ने।

२. शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वेत्त प्रकृतिका रहने

३.संसदीय दलको नेता चयन गर्ने

४. सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने

५. ७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउने ।

सैद्धान्तिक रूप

१. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने।

२.वैकल्पिक राजनीतिक दलहरू, नयाँ राजनैतिक दल, वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने ।

३. विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्ने ।

४. देशका विविध विषयमा ज्ञान भएका विज्ञहरुलाई राखी खुल्ला विचार गोष्ठी आयोजना गरी प्राप्त सुझाव अनुसार पार्टीले लिने सैद्धान्तिक दृष्टिकोण तय गर्ने।

५. भारत, चीन, अमेरिका, युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कुटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्ने।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट