काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ ।
हिजो केन्द्रीय समितिको भर्चुअल बैठक बसेको रास्वपामा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो ।
पार्टीले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरेपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस