२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ : अध्यक्ष दाहाल

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेको बताएका छन् ।

सोमबार ललितपुरमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विभिन्न उत्तारचढावका बीच आजको दिन सम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको बताए । उनले गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरूले लागिरहेको जिकिर गरे ।

अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति भएको बताए । उनले उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको धारणा राखे । उनले संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया शुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अगाडी बढिरहेका दाबी गरे ।

समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जाने उनले विश्वास व्यक्त गरे ।

उनले भने, “केही उतारचढावका बीच आजको दिनसम्म आइपुगेका छौँ । यसले स्पष्ट सन्देश दिएको छ, पार्टी एकताको, समायोजनको, एकीकरणको, जे भने पनि सार एउटै हो । हामी एउटा गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेका छौँ । ०६४ को निर्वाचनमा हामीले प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौँ, पार्टी विभाजित भयो । त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताको लागि निकै ठूलो क्षति भयो । हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भए । तर, संविधान घोषणा भइसकेपछि फेरी एकताको प्रक्रिया शुरु भयो । हामी सबै त्यो प्रक्रियामा अगाडी बढिरहेका छौँ । आगामी दिनमा क्रमशः समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन, ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”

उनले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो शुरुवात भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट