२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

एमालेमा ‘सब ठिक छ’ समुहलाई योगेशको सन्देश–‘बहसलाई दलाली नबनाऔं

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई ले पार्टीभित्र अहिले दुई धारबीच वैचारिक तथा राजनीतिक बहस चलिरहेको बताएका छन्। उनका अनुसार एक धारले वैचारिक, राजनीतिक, संगठनात्मक, कार्यशैली, आचरण र नेतृत्वसम्मको व्यापक पुनर्गठनमार्फत ‘एमालेको पुनर्जागरण’ आवश्यक रहेको तर्क गरिरहेको छ भने अर्को धार यथास्थितिलाई निरन्तरता दिन पक्षमा रहेको छ।

भट्टराईले उक्त बहस पार्टीका आन्तरिक कमिटीहरूमा मात्र सीमित नभई सार्वजनिक सञ्चार माध्यम तथा बुद्धिजीवी वृत्तसम्म पुगेको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक राजनीतिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको बताएका छन्।

फरक विचार राख्ने नेता तथा कार्यकर्तालाई ‘एजेण्ट’ वा ‘दलाल’ जस्ता आरोप लगाउनु उचित नहुने उनको भनाइ छ। उनले एमालेले विगतमा विभिन्न राजनीतिक दल र विचारधारासँग चुनावी गठबन्धन तथा सत्ता साझेदारी गर्दै आएको स्मरण गराउँदै आफ्नै पार्टीभित्रको फरक मतलाई शत्रुतापूर्ण दृष्टिले हेर्नु एमालेको राजनीतिक संस्कृतिसँग मेल नखाने बताए।

भट्टराईले जननेता मदन भण्डारी को राजनीतिक शैलीको उदाहरण दिँदै विचारमा असहमति भए पनि सहकार्य र सम्मानको संस्कार एमालेको विशेषता रहेको उल्लेख गरे। उनले विगतमा फरक मत राख्ने नेताहरूलाई समेत सम्मानजनक भूमिका दिँदै पार्टीलाई अगाडि बढाइएको इतिहास रहेको बताए।

साथै, उनले पार्टीलाई सामूहिक र संस्थागत ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निषेधकारी व्यवहारको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो सन्देश दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार