२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : सभापति देउवा

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राम्रो शिक्षा नभएको भन्दै अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरु पठाउने गरेको भन्दै नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउन आग्रह गरे । उनले नेपालमै राम्रो शिक्षा दिनसके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने बताए । उनले अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।

सभापति देउवाले भने, ‘नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसावले होला, कतिपय आमा बुबाले छोराछोरी विदेश पढ्न पठाउँछन् । त्यसकारण नेपालमै राम्रो एजुकेसन दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउनसक्यो भने हाम्रो देशको विद्यार्थी विदेश जानबाट रोकिन्छन् । हाम्रो देश सुन्दर छ । हावापानी सबैले । विदेशी पनि नेपालमा विद्यार्थी आउन सक्छन् । त्यसको लागि नेपाल शिक्षाको हब बन्नसक्छ । त्यस्तो किसिमको शिक्षा नेपालमा हामीले दिनसक्यौँ भने, त्यस्तो एजुकेसन दिनसक्यो भने नेपालमा विदेशी विद्यर्थी नेपाल आउन सक्छन् । नेपाल नै शिक्षाको हब बन्नसक्छ । अहिलेको बेला शिक्षा नै महत्वपूर्ण कुरा हो । शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’

सभापति देउवाले शिक्षा नेपालको लागि महत्वपूर्ण रहेको बताए । उनले नेपालमा विदेशी विद्यार्थी आउने किसिमको आकर्षित वातावरण बनाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट