काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरुसँग मिल्न खोज्दा आफूहरु कमजोर भएको बताएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेला सम्बोधनका क्रममा उनले भने ‘हामीले यो सँग मिले होला कि त्यो सँग मिले होला कि यो गरे होला कि त्यो गरे होला कि भनेर धेरै गरियो । तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहीँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै पनि हो ।’
उनले अब फेरि आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने बेला आएको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न परेपरी तयार रहेर केपी प्रवृत्तिमाथि प्रहार गरेको पनि प्रष्ट पारे ।
‘कोर्स करेक्सन’ गरेर एक पटक फेरि लड्ने संकल्प लिएको छु : प्रचण्ड
उनले अब राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफूले देशव्यापी अभियान चलाउने समेत जानकारी दिए । दुई/चार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाइ थियो ।
हेर्नुहाेस् भिडियो :