२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै विपक्षी दलका सांसदहरुले बैठक सुरु भए लगत्तै उठेर अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका हुन् ।

सभामुखले संसदमा गृहमन्त्री उपस्थित रहेको र केही समयपछि जवाफ दिने बताएपनि विपक्षी दलले राजिनामा माग गर्दै आफ्नो मागमा अडिग रहेपछि बैठक स्थगित गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट