काठमाडौं । नेकपा एमालेका नेता लिल बहादुर थापा मगरले एजेण्डा र कार्यक्रमसहित अघि बढेको हुनाले आफूले केपी शर्मा ओलीलाई साथ दिएको बताएका छन् । तत्कालिन एमाओवादीका पोलिटब्यूरो सदस्य थापा अहिले प्रचण्डको साथ छोडेर एमालेमा केपी शर्मा ओलीलाई साथ दिइरहेका छन् ।
उनले सुनौलो नेपालसँगको अन्तर्वार्तामा पार्टी एकतापछि ओलीलाई प्रचण्डले नै प्रधानमन्त्री बनाएकाले आफू सोही पक्षमा रहेको बताउँदै भने, ‘म त ओलीसँगै छु, बरु उहाँहरु पो कता जानु भो ?’
तत्कालिन नेकपाका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रचण्ड पछिल्लो समय एजेण्डा भन्दा पनि पदमा केन्द्रित भएको आरोप लगाए । उनले भने, ‘पार्टी एकता गर्दा साढे दुई वर्ष भनेर बाँडेको के हो ? फेरि पार्टी फुट्ने बेलामा पनि पदकै लागि फुट देख पर्यो ।’
त्यस्तै उनले कुनै नेतृत्वले कुनै युगमा एक चरणमा नेतृत्व गर्यो भन्दैमा अर्को चरणमा पनि नेतृत्व गर्न सक्छ भन्ने विश्वास आफूलाई नलागेको उनले बताए । बाँकी भिडियोमा