२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

सबैभन्दा बढी मत ल्याएर युवा संघको सचिव बने मदन भण्डारी

मंगलवार , जेठ १४, २०८२

पोखरा :  राष्ट्रिय युवा संघ नेपालको हालै सम्पन्न निर्वाचनमा सचिवतर्फ सबैभन्दा बढी मत ल्याउँदै मदन भण्डारी  विजयी भएका छन्।

पोखरा सभागृहमा सम्पन्न निर्वाचनमा  ७९४ मत प्राप्त गर्दै  भण्डारी  सबैभन्दा बढी  मत प्राप्त गर्ने सचिव बनेका हुन्।

११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको  निर्वाचनमा  उनले सबै भन्दा बढी मत प्राप्त गरेका  थिए ।

चार सचिव पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। पाँचजना  खुलातर्फ, तीन जना मधेसी कोटाबाट र तीन जना महिलातर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

भण्डारीसँगै खुला सचिवतर्फ अरुण बहादुर कुँवरले ६४८ मत ल्याउँदै विजयी भए। मधेसी कोटाबाट मोबिन अखतर आलम तथा महिलातर्फबाट निशा लिम्बु सुब्बा सचिव पदमा विजयी भए।

त्यस्तै, महेश चौलागाई महासचिव पदमा निर्वाचित भएका छन् भने उपमहासचिवमा उपेन्द्र शाही विजयी भएका छन्।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएका उनले सुमन पुरीलाई पराजित गरेका हुन्। थेबेले ७९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पुरीले ६०८ मत पाएका थिए। थेबे १८८ मतको स्पष्ट अग्रता सहित विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट