काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ।
बुधबार बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग वालुवाटारमा छलफल गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेको अवस्थामा प्रधानमन्त्रीले देउवा र लेखकसँग कुराकानी गरेका हुन् ।
प्रतिपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको नियमित प्रक्रिया अघि नबढ्ने चेतावनीसमेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस