२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरू तत्काल निर्माण गरी कार्यान्वयन गर्न माग

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रुक्मिणी कोईरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोईरालाले सङ्घ, प्रदेश र स्थानीय तहबिच अधिकारको स्पष्ट विभाजनसहित ऐन कानूनहरू निर्माण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गरिन् । उनले सङ्घले प्रदेश सरकार र प्रदेशले स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको समेत बताइन् ।

ऐन बनाउँदा तीन वटै तहसँग नबाझिने गरी सावधानीपूर्वक निर्माण गर्नुपर्नेमा उनको जोड छ । उनले वित्तीय समानीकरण र राजश्व बाँडफाँडसम्बन्धी स्पष्ट र समान कानून आवश्यक रहेको बताउँदै कोईरालाले मालपोत र नापीसम्बन्धी सेवामा जनआक्रोश बढिरहेको पनि बताइन् ।

उनले भनिन्, ‘सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू छिटोभन्दा छिटो बनाएर कार्यान्वयन गर्नुपर्ने, सबै ऐन छिटो बनाएर प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गर्नुपर्ने, प्रदेश सरकारले समेत स्थानीय तहलाई अधिकार दिनुपर्छ । कानून बनाउँदा सङ्घ, प्रदेश र स्थानीय तहसँग नबाझिने गरी बनाउनुपर्छ । वित्तीय समानीकरण, राजश्व बाँडफाँट समानीकरण हुने गरी कानुन बनाउनुपर्छ । मालपोत र नापीसम्बन्धी जनता आक्रोशित छन् । छिटो छिटो कानुन बनाएर काम गर्नुपर्छ । मेलमिलाप समितिको समेत प्रस्ट कानुन बनाउनुपर्छ ।’

सांसद कोईरालाले मेलमिलाप समितिको भुमिका स्पष्ट हुनेगरी पृथक कानून निर्माणको माग समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट