२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

भिजिट भिसा प्रकरणमा जोकोही अनुसन्धानको दायरामा आउनुपर्छ : महामन्त्री थापा

बुधवार , जेठ १५, २०८२

धरान (सुनसरी) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणका सन्दर्भमा तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्न सक्ने र दोषी प्रमाणित भएमा कानुनी कारबाहीको भागेदार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले राखेका छन् । सोही प्रकरणबारे महामन्त्री थापाले तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् ।

आज धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै संविधानको संरक्षण, परिमार्जन र समयानुकूल संशोधनमा पनि पार्टी अग्रसर हुनुपर्ने बताए । उनले भने, “संविधानलाई समावेशी, न्यायपूर्ण र व्यावहारिक बनाउन आवश्यक परेमा संशोधनको नेतृत्व गर्न कांग्रेस तयार छ ।”

संसद्लाई अहिलेको भन्दा अझ समावेशी बनाउनुका साथै राजनीतिक स्थायित्वका लागि एक दलले स्पष्ट बहुमत ल्याउने प्रणाली निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले दीर्घकालीन समाधानका लागि दलहरूबीच गम्भीर छलफल, चिन्तन र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै राज्यले सबै धर्म, भाषा र संस्कृतिसँग समान व्यवहार गर्नुपर्ने बताए । संविधानले सबैलाई बराबरी अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यको नीति त्यसै अनुसार सञ्चालन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट