२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बजेटमाथि छलफल र अर्थमन्त्रीको जवाफका लागि तोकियो दिन

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गरेका हुन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।

सभामुख देवराज घिमिरेले बजेटमाथि सामान्य छलफल गर्न र अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि यही जेठ २०, २१, २२ र २३ गतेका दिन तोकेको जानकारी दिए।

उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन दलीय पदाधिकारीले आ–आफ्ना दलका सांसदको नाम बैठक बस्नु एक घण्टा अगावै उपलब्ध गराउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट