२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि गरेको छ ।

भन्सार महसुलका केही दरमा समायोजन गरेको आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनले विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको बताए । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको जानकारी दिए । विद्युतीय विजक प्रणालीमा करदाताको आवद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाईने उनले बताए। उनले करदाता शिक्षा र कानूनको परिपालनाको माध्यमबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिने बताए ।

सबै किसिमका डिजिटल कारोवारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट