२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बजेट पुरातनवादी छ, नयाँ केही छैन : प्रमुख सचेतक शाही

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले निर्देशिकामा आउने कुराहरु बजेटमा आएको आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०८२–०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले राष्ट्र बैंकले निर्देशिकाले ल्याउने कुराहरु बजेटमा ल्याइएको आरोप लगाएका हुन् ।

उनले बजेट विगतका वर्षहरुमा आएजस्तै पुरातनवादी नै भएको र नयाँ केही नभएको भन्दै काम गर्नका लागि कर्मकाण्डी रुपमा आएको बताए ।

उनले भने, ‘यो बजेटमा निर्देशिकामा आउने कुरा बजेटमा आएको छ । राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरु बजेटमा ल्याइएको छ । बजेट पुरातनवादी नै छ केही नयाँ छैन । काम गर्नका लागि एउटा कर्मकाण्ड हो बजेट पनि कर्मकाण्डी नै छ ।’

उनले काम गर्नका लागि कर्मकाण्डी बजेट ल्याएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट