२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएन : रवि सिंह

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो नआएको बताएका छन् ।

संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेट नियमित किसिमको जस्तै आएको टिप्पणी गरे । उनले २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च गर्नेकुरा कार्यान्वयन भए राम्रो हुने बताए । कागजी बजेट नभइ कार्यान्वयन गर्नसके समर्थन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो नियमित किसिमको जस्तै भयो । निर्माण क्षेत्रले जस्तो अपेक्षा गरेको थियो, त्यो निर्माण क्षेत्रलाई सम्पूर्ण रुपमा समेट्छ भनेर नीति तथा कार्यक्रमलाई रिफ्लेक्ट गर्छ भन्ने जुन अपेक्षा थियो, हामीले सोचेको कुनै कुरा सम्बोधन भएन । २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च छ, कार्यान्वयन योग्य बनायो भने राम्रो हुन्छ । कागजी बजेट नभइ कार्यान्वयन नै गर्ने, नीति तथा कार्यक्रममा दुई आर्थिक वर्षमा यि योजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ, त्यही लक्ष्यअनुरुप बजेट आएको छ भने समर्थन गर्नुपर्छ ।’

अध्यक्ष सिंहले निर्माण क्षेत्रका केही कुरा पनि समेट्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट