२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बजेट यथार्थपरक छ, अब अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री पौडेल

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अब अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैको साथ भए अर्थतन्त्र चलायमान बन्ने बताएका हुन् । उनले बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा जोड दिएको बताए । कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुने भन्दै चुनौति पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रस्तुत गरिएको बताए । उनले बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल रहेको बताए ।

उनले भने, ‘बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा फोकस छ । कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुन्छन् । तर चुनौति पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रस्तुत गरेको छु । यो बजेट कार्यान्वयनका दृष्टिकोणले प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ । यो बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल छ ।’

उपप्रधानमन्त्री पौडेलले बजेट यथार्थपरक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट