logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाल समूहलाई बैठकमा सहभागी हुन आग्रह गर्दै ओलीले भने : ‘सुनिनँ भन्न पाइने छैन’

    नेपाल समूहलाई बैठकमा सहभागी हुन आग्रह गर्दै ओलीले भने : ‘सुनिनँ भन्न पाइने छैन’

    2.9K
    Shares

    काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूहलाई पनि सहभागी हुन आग्रह गरेका छन्।

    शनिबार एमालेको महिला संगठन अखिल नेपाल महिला संघद्वारा शनिबार राजधानीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल समूहलाई पार्टीमा सहयोग गर्न आउन पनि आग्रह गरेका हुन् । 

    उनले भने, ‘शुक्रबारको बैठकमा आउन नभ्याए पनि अर्को बैठक पर्याप्त समय दिएर चैत ७ गते बोलाएको छु, सुनिनँ भन्न पाइनेछैन।’ ओलीले भृकुटीमण्डपमा आयोजित कार्यक्रमबाटै नेपाल समूहलाई बैठकमा अनुपस्थित रहँदै गए विधानको व्यवस्थाअनुसार कारबाही गर्ने संकेत गरे।
    प्रधानमन्त्री अ‍ोलीले आफूलाई ठेगान लगाउन फर्किन्छौं भन्ने कुरा सुनेको तर त्यसरी आउँदा खुट्टामा ठेस लाग्ने चेतावनी दिए ।

    उनले भने, ‘तर केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भन्ने कुरा सुनेको छु, त्यसरी आउनुभयो भने खुट्टामा ठेस लाग्नेछ,’  ‘पार्टीको काम गर्न, पार्टी बनाउन आउनुस्।’ एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि माधवकुमार नेपाल पक्षको रुवाबासी भएको ओलीको भनाइ थियो।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend