२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुसँग तत्काल छलफल थाल्छौं : उपाध्यक्ष अधिकारी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आगामी बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटपछि कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो देखिएको बताउँदै अहिलेको बजेट कार्यान्वयन रहेको बताएका हुन् । उनका अनुसार १६ औं योजनापत्रसँग जोडिर बजेट ल्याइएको छ । अब बजेट र्काान्वयनका लागि योजना आयोगको आफ्नै भुमिका रहनेभएकाले त्यो भुमिका निर्वाह गर्ने उनले बताए ।

उपाध्यक्ष अधिकारीले भने– ‘बजेट आएको छ, अब कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो छ । बजेटले रिफर्मको काम शुरु गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन र प्ररित गरेको छ । करदेखि विभिन्न तरिकाले उनीहरुलाई प्रोत्साहन गरेको छ । अब यो बजेट कार्यान्वयनका लागि अन्तर निकायबीच समन्वय गरिनेछ । मन्त्रालयहरुसँग तत्कालै छलफल गरिनेछ ।’

उनले आन्तरिक लगानी प्रवद्र्धन गर्ने हिसावले बजेट आएको भन्दै बजेट कार्यान्वयनका लागि अब दृढ भएर सबै निकाय लाग्न जरुरी रहेको समेत बताए ।

उपाध्यक्ष अधिकारीकाअनुसार बजेटमा एलएमबीआईएसदेखि प्रोजेक्ट बैंकलाई समेत बलियो बनाउने कोशिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट