२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीन बन्यो : अध्यक्ष पौडेल

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपाल अडिटर्स एशोशिएसन (अडान) का अध्यक्ष केदारनाथ पौडेलले अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीन रहेको गुनासो गरेका छन् ।

नेपाल अडिटर्स एशोशिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले यस्तो गुनासो गरेका हुन् । धितोपत्र बोर्डको नियमावली र राष्ट्रिय परिचयपत्रको पेशा सूचिमा अडिटर पेसालाई समावेश नगरिएको उनको गुनासो छ ।

अध्यक्ष पौडेलले आयकर ऐन र गरिबी निवारण ऐनमा समेत लेखापरिक्षकहरुलाई ‘मतियार’ शब्दको रुपमा व्याख्या गरिएको भन्दै आपत्ति जनाए । उनले आयकर ऐनको दफा १२७ र गरिबी निवारण ऐन, २०५९ को दफा २२ लाई उदाहरण दिँदै अफिसरहरुले गरेको गल्तिको सजाय समेत लेखा परीक्षकहरुले तिर्नुपर्ने अवस्थाका कारण अडिटरहरू सडकछाप हुने अवस्था रहेको बताए ।

उनले भने, ‘नेपाल धितोपत्र बोर्डको नियमावलीमा रजिष्टर अडिटर भन्ने शब्द नै छैन । यति मात्रै होइन । राष्ट्रिय परिचय पत्रका लागि एप्लाई गर्दै जाँदा त्यहाँ इन्जिनियर, डाक्टर, वकिलको पेसा छ हाम्रो पेसा नै छैन । अब हामीले अन्य लेख्नुपर्छ । हामीले अन्य भनेर लेखापरिक्षक रजिष्टार भनेर जानुपर्ने अवस्था छ । सबैतिरबाट हामी कुनै न कुनै ढङ्गबाट ठगिरहँदा पनि हामीले इमानदारीपूर्वक राज्यले दिएको जिम्मेवारी पुरा गरिरहेका छौँ । त्यसैगरी आयकर ऐनको दफा १२७ ले मतियारको रुपमा परिभाषित गरेको छ ।’

उनले थप भने, ‘गरिबी निवारण ऐन, २०५९ को दफा २२ ले समेत लेखा परिक्षकलाई मतियार भनेर लेखेको छ । झुट्टा वित्तीय विवरण प्रमाणित गर्ने, झुट्टा कर विवरण प्रमाणित गर्नेलाई कसुरदारको तोकेको बिगोको ५० प्रतिशत लगाउने व्यवस्थालाई टेकेर अफिसरहरु लगाइदिने र लेखा परीक्षकहरु सडकछाप हुने अवस्था छ । यस्ता कुरामा अडिटरहरुलाई न्याय दिनुपर्छ ।’

लेखापरीक्षकहरूको अधिकार सुनिश्चित गर्ने र पेशाको गरिमा जोगाउने विषयमा सरकार गम्भिर बन्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट