काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । उनीहरु बीच सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा छलफल भएको हो ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओली, सभापति देउवा, अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।
उक्त छलफलमा विपक्षी दलहरुले उठाउँदै आएको भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामालाई लिएर अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल भएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीले गृहमन्त्रीको राजीनामा होइन, संसद खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राखेका थिए । तर अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषय यथावत नै रहेको बताएका थिए ।
भिजिट भिसा प्रकरणमा रास्वपा, माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका छन् ।
त्यस्तै, शीर्ष नेताहरुको छलफलमा गणतन्त्रवादीहरू एकताबद्ध भएर अघि बढ्ने विषयमा पनि कुराकानी भएको पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस