काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, यसअघि आज नै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि छलफल भएको थियो ।
उक्त छलफलमा विपक्षी दलहरुले उठाउँदै आएको भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामालाई लिएर अवरुद्ध संसद खुलाउने विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस