काठमाडौं । सदन अवरोध खुलाउनका लागि सभामुख र दलका प्रमुख सचेतकहरूको छलफल सकारात्मक रुपमा टुंगिएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका हुन् ।
सो सहमतिपछि प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको हो ।
गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्न प्रमुख सचेतकहरू राजी भएका हुन् । सो सहमतिपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
गृहमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गर्दै आएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस