२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य होइन : सांसद दाहाल

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । राष्ट्रिय सभा सांसद तुलसाकुमारी दाहालले जनताको बलिदान र संघर्षबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य कुरा नभएको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले राजनीतिक क्षेत्रमा देखिएका यस प्रकारका दृश्य र तरंगलाई विश्लेषण गर्ने समय आएको बताएकी हुन् । उनले हाल संविधान र व्यवस्थाप्रति फैलाइएको अफवाह, संघीय लोकतन्त्र र गणतन्त्रको विरोधमा मिथ्या आरोप लगाउने काम भइरहेकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

एक आपसमा हिलो छ्याप्ने काममात्र गर्ने हो भने प्राप्त उपलब्धिको रक्षा गर्न नसकिने भन्दै उहाँले जनताको आन्दोलनमार्फत विस्थापित भएको व्यवस्था अमुक व्यक्तिलाई अघि सारेर समाजलाई इतिहासमा फर्काउने दुष्प्रयास भइरहेको सांसद दाहालको टिप्पणी थियो ।

उनले अहिले देखिएका असन्तुष्टिलाई राजनीतिक दल, तीनका नेतृत्वले गरेको प्रतिबद्धता र ओहोदामा बस्नेले जिम्मेवारी पूर्वक पूरा गर्नुपर्नेमा जोड दिइन् ।

उनले अर्थतन्त्रललाई लयमा फर्काउन आधा अधुरा आयोजनाहरु पूरा गर्न, जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधिलगायतका विषयमा राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ