२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

प्रतिपक्षीले गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउनुपर्छ : एमाले

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका हुन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले कुनैपनि व्यक्तिमाथि प्रश्न उठिसकेपछि जवाफ दिन पाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताए ।

उनले भने, ‘माननीय गृहमन्त्रीका बारेमा उहाँहरूले (प्रतिपक्षी दलहरु) प्रश्न उठाउनुभयो । राजीनामा पनि माग्नुभयो । छानबिन समिति लगायतको विषय पनि उठाइरहनुभएको छ । यी सबै कुरा दोस्रो भयो । सदनमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो । त्यो हक पनि हो । यो संसदीय अभ्यास पनि हो । हाम्रो प्रचलन पनि हो । हामीले प्रतिपक्षीलाई गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन निरन्तर आग्रह पनि गरेका छौँ ।’

उनले मन्त्रीमाथि प्रश्न उठेपछि संसदमा जवाफ दिन नदिएर गलत नजिर बसाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ