२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँ : महासचिव पोखरेल

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न नसकेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रुपमा प्रभाकारी बनाउन नसकिएको बताए । उनले विश्वविद्यालयबाट गरिएका अध्ययनहरु व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गरे ।

कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको उनले बताए । विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुमा सार्थक परिणाम दिन नसकेको गुनासो गरे ।

महासचिव पोखरेलले भने, ‘हाम्रा विश्वविद्यालयहरुलाई हामीले इनोभेसन सेन्टरका रुपमा डेभलप गर्नै सकेनौँ । रिसर्च सेन्टरका रुपमा जसरी प्रभावकारी बनाउनुपर्ने हो त्यो गर्न सकेनौँ । हाम्रा रिसर्चहरु व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन् । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय त बनेको छ । त्यसमा हामी गर्व पनि गर्छौं । तर हाम्रो देशले के पायो रु भन्ने रुपबाट हेर्दा हाम्रा रिसर्च हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि, हाम्रो सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुसँग जोडिएर हाम्रा अध्ययन अनुसन्धानहरुले सार्थक परिणाम दिन सकेका छैनन् । अहिलेको बजेटले त्यो तर्फ जोड दिन खोजेको छ ।’

महासचिव पोखरेलले अहिलेको बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमतामा ध्यान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ