२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी

मंगलवार , जेठ २१, २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन् ।

आज घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफना समस्या सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाको मागप्रति प्रतिबद्धता जनाउँदै उनले यस क्षेत्रमा देखिएका समस्या समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाव दिए ।

“कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनुपर्छ । आफनो पेसागत हितका लागि बोल्नु पाउनुपर्छ । राज्यले त्यसलाई पहिचान दिनुपर्छ”, मन्त्री भण्डारीले भने । घरेलु श्रमिकका कामले मान्यता पाउनुपर्ने माग जायज भएको र राज्यले त्यसलाई मान्यता दिने उनको भनाइ थियो ।

मन्त्री भण्डारीले घरेलु श्रमिक कामदार अनौपचारिक क्षेत्रको रूपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनुपर्नेमा जोड दिँदै उनीहरूका अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए ।

मन्त्री भण्डारीले श्रम ऐन, कानुन संशोधन हुने क्रममा रहेकाले घरेलु श्रमिक महिलाले भोग्दै आएका समस्या समाधानका लागि के कस्ता विषय ऐनमा समावेश गर्ने भनेर सरकारलाई सामूहिक लिखित सुझाव दिन आग्रह गरे ।

विगत लामो समयदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै करिब दुई दर्जन महिलाले आफूहरूले भोगेका समस्याबारे अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ