२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

आन्दोलन रोकेपछि मात्र राप्रपा नेताले सुरक्षाकर्मी फिर्ता पाउँछन् : गृहमन्त्री

बुधवार , जेठ २२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी पाउने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले पीएसओ खोसिएको विषयमा गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

सो प्रश्नको जावाफमा गृहमन्त्रीले आन्दोलनमा खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको जिकिर गरे । उनले आन्दोलन रोक्नबित्तिकै पुनः खटाइने पनि बताए ।

गणतन्त्रविरुद्ध आन्दोलनमा लागेपछि जेठ १४ गते सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तीन सांसदको पीएसओ खोसेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ