२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

संसद जनसरोकारका मुद्दामा केन्द्रित नभएर झगडा गर्नमा सिमित रह्यो : सांसद भण्डारी

बुधवार , जेठ २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले यस्तो बताएका हुन् । संसद मुलुक र जनताको मुद्दाभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा सिमित रहेको उनको भनाइ छ ।

उनले संसदका जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने बताए ।

कुनैपनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्व समेत सम्बन्धित मिडिया र व्यक्तिमा निहित हुने उनको भनाइ छ ।

उनले भने, ‘हामीले कस्ता कुरा संसदमा उठाउने, कस्ता कुरालाई संसदमा महत्व दिने भन्ने कुरा नै हामीसँग भएन । हाम्रो संसद त मुलुकको र जनताको विषयभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा रह्यो । त्यसकारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ । कुनैपनि केस प्रमाणित हुनुपर्छ । कुनै मिडिया र व्यक्तिले आरोप लगायो वा प्रश्न उठायो भने त्यो प्रश्नलाई प्रमाणित गर्नुपर्छ । जस्टिफाई नगरीकन हामीले कुरा उठाउनु हुँदैन जुन अहिलेसम्म देखिएको छ ।’

संसदको गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा भण्डारीको जोड छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ