२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

सदनको गतिरोध अन्त्यका लागि रचनात्मक ढङ्गले अघि बढ्छौँ : माओवादी

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढङ्गले अघि बढ्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज बसेको पदाधिकारी बैठकले ‘भिजिट भिसा’का नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

“व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ”, बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ । सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।”

बैठकमा पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलनका बारेमा अध्यक्षले जानकारी दिएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले वाइसिएलमा सहमतिबाट नेतृत्व चयन गरिने बताए ।

प्रवक्ता सापकाटोले द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा अहिले टिप्पणी गर्ने समय नभएको धारणा राखे । “लिखित आदेश आएको छैन, आफ्नै ढङ्गबाट प्रचारप्रसार र व्याख्या गरिएको छ, यसका बारेमा अहिले नै छलफल गर्नुपर्ने र धारणा बनाउनुपर्ने अवस्था होइन, पूर्णपाठ आइसकेपछि मात्रै भन्न सकिन्छ । अदालती आदेशको कुनै अंशमा वा अपूर्ण विषयमा टिप्पणी गर्नु परिपक्वता देखिँदैन”, उनले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ