२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

समस्या बुझ्न माओवादी केन्द्र जनता माझ पुगेको छ : नेता पोखरेल

शनिवार , जेठ २५, २०८२

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनताको माझमा पुगेको बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए । उनले भने, “जनताको समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।” अन्य दलहरुसँगको कार्यगत एकता एवं एकीकरण गर्ने क्रममा अघि बढेको उनले जानकारी दिए ।

फरक प्रसङ्गमा उनले पूर्वप्रधानमन्त्री माधव नेपाललाई अख्तियारले गरेको अनुसन्धानलाई प्रतिशोधको आरोप लगाए । उनले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नीतिगत निर्णय भन्ने गरिएको बताए । उनले भने, “जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रति उत्तररदायी बनाउने कुरा राम्रो हो, तर त्यसलाई गलत प्रयोग गर्दा प्रतिशोध हुन्छ ।”

सरकारले भिजिट भिसाको विषयमा आयोग बनाएर छानबिन गर्नुपर्ने उनले बताए । संसद्मा प्रश्न उठिसकेपछि राज्यले त्यसलाई अध्ययन गर्नका लागि आयोग बनाएर छानबिन गर्नुपर्छ भन्दै उनले माओवादी केन्द्रले अहिले आयोगको माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ