काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । खनालले केपी ओलीको सरकारले पार्टी नीति, सिद्धान्तको पालना नगरेको दाबी पनि गरेका छन् ।
बुधबार राष्ट्रिय कार्यकर्ता भेला सम्बाेधनका क्रममा नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणले ठूलो सफलता हासिल गरे पनि सोचेजस्तो परिणाम दिन नसकेको स्पष्ट पारे । उनले ओलीको नेतृत्व दक्षिणपन्थी दिशातिर उन्मुख भएको आरोप पनि लगाए ।
सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ओलीले बालुवाटारमा गुट भेला गरेर एकतर्फी निर्णयहरू गरी पार्टी विभाजनतर्फ लगेकाे गुनासो पनि गरे । उनले याे भेलाको छलफलबाट निस्किएको निचोडबाट अगाडि बढ्ने बताए ।