२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

जनतालाई केन्द्रमा राखेर काम गर्नु : प्रचण्ड

बिहिवार , जेठ ३०, २०८२

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले पार्टी शिलान्यास गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् ।

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ