२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सांसद चौधरीको पहलमा भुक्तानीको समस्या देखाएर रोकिएको हुलाकी सडकको काम सुचारु

बिहिवार , जेठ ३०, २०८२

नवलपरासी । तराई मधेशको लाइफलाइन मानिने राष्ट्रिय गौरवको आयोजा हुलाकी सडकको काम दुई वर्षदेखि ठप्प थियो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३, नारायणचोकबाट त्रिवेणीसम्मको १४ किलोमिटर हुलाकी सडकको काम चार वर्षमा सम्पन्न गर्ने गरी २०७६ मंसिरमा करिब ५८ करोड ९६ लाख रुपैयाँमा ठेक्का लागेको थियो तर सडकको प्रगति भने अत्यन्तै सुस्त थियो ।

दुई वर्षदेखि यो सडकण्डको काम ठप्प नै थियो । निर्माण पक्षको लापरवाही एकातिर छदैथियो भने अर्काेतर्फ उनीहरुको गुनासो थियो, सरकारले भुक्तानी नदिएपछि काम अगाडि बढाउनै सकिएन ।

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सांसद विनोद चौधरीले हुलाकी सडकको कामलाई सुचारु गराउन पहल सुरु गरे । निर्माण पक्षलाई काम अगाडि बढाउन उनले दवाव दिइरहेका थिए भने अर्कातर्फ भुक्तानीको समस्या समाधान गर्न सरकारसँग पनि ताकेता गर्दै आएका थिए ।

निर्वाचनका बेला नै हुलाकी सडकको कामलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका सांसद चौधरीको पहलले अहिले सार्थकता पाएको छ । दुई वर्षदेखि ठप्प रहेकोे हुलाकी सडकको काम सुचारु भएको हो ।

सांसद चौधरीले भने, ‘नयाँ ठेकेदार रामु अधिकारीजीले जे समस्या देखाउनुभएको छ, त्यसको निकास निकाल्न हामी सफल भएका छौं । उहाँले ८ महिनामा काम सक्ने प्रतिवद्धता जनाउनुभएको छ । यो ठूलो उपलब्धी हो ।’

निर्माण व्यवसायी अधिकारीले सांसद चौधरीको पहलपछि हुलाकी सडकको काम सुचारु भएको बताए । उनले भने, ‘माननीयज्यूकै निरन्तरको पहलपछि हामीले काम सुरु गरेका छौं । मुख्य समस्या भुक्तानीको हो। यसमा माननीयज्यूले व्यक्तिगत रुपमै केहि पहल गर्नुभएको छ । उहाँले मन्त्रीदेखि सरोकारवाला सबै पक्षसँग समन्वय र सहजीकरण गरेर हुलाकी सडकखण्डको काम अगाडि बढेको हो ।’

ठेकेदार अधिकारीका अनुसार नारायण चोकदेखि बेलाटारीसम्मको करिब ६ किलोमिटर सडक निर्माणलाई सुरुमा प्राथमिकतामा राखिएको छ । ‘तत्काल तीन चार किलोमिटर सडकमा कालोपत्रे गर्छाैं । केहि ठाउँमा रोलिङ गरेर बाटो सम्याउने काम हुन्छ’ उनले भने, ‘सडक नबन्दा पीडित स्थानीय हुनुहुन्छ, उहाँहरु पनि यो बाटो बनाउन आवश्यक सहयोग गर्छाैं भनिरहनुभएको छ, गाउँपालिकाका जनप्रतिनिधिहरुको पनि सहयोग छ ।’

साथै उनले सप्लायर्सलाई दिनुपर्ने भुक्तानी स्थानीय तहका जनप्रतिनिधि वा जिल्ला प्रशासन कार्यालयमा बसेर दिन आफू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट