काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जसपाको बैठक बिहान ११ बजेपछि बस्ने तय छ । बैठकले पार्टीको संसदीय दलको नेता र उपनेता चयन गर्ने भएको छ।
पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको भूमिकाबारे छलफल हुने वरिष्ठ नेता महेन्द्र राय यादवले जानकारी दिए ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलको नेता र उपनेता छनोट भएको छैन।
खासगरी प्रधानमन्त्री केपी ओलीलाई लिएर जसपाभित्र दुई धार रहेको बताइन्छ । अध्यक्षद्व उपेन्द्र यादव र डा। बाबुराम भट्टराई ओलीलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार देखिएका छन् ।
त्यस्तै जसपा संसदीय दलका नेतासमेत रहेका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीप्रति नै नरम देखिएका छन् । यसै कारण जसपा अनिर्णित बन्दै आएको छ ।