काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन्।
सदनको गतिरोध अन्त्यका लागि सभामुख र उपसभामुख इन्दिरा राना मगरले अध्यक्ष दाहाल तथा प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका हुन्।
संसद अवरोध खुलाउने विषयमा सभामुखको कार्यकक्षमा उनीहरुबीच छलफल भएको हो।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।
तर गृहमन्त्री अख्तियारको छानबिनको घेरामा नरहेकाले उनले राजीनामा दिन नपर्ने सत्तारुढ दलहरूको भनाइ छ ।
त्यस्तै, विपक्षी दलहरुको आजै बसेको बैठले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चलाउन नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस