काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपालगायत विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।
प्रतिपक्षी दलले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रबार १ बजेका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
१३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस