काठमाडौं । नेकपा एमालेको (माधव–झलनाथ) पक्षका सांसदहरु बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।
बैठकमा जानुअघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए । बुधबार नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण बिहीबारकाे बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।
माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।