काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीसंग सहकार्य गरेर अगाडी जाँदा मधेस आन्दोलनलाई धोका हुने बताएका छन्।
सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले ओलीसँग विगतमा सहकार्य गरेर प्रमाणित भइसकेकाले फेरि पनि सहकार्य गर्नु भनेको मधेश आन्दोलनलाई धोका दिनु भएको बताएका हुन्।
ओलीसँग विगतमा सहकार्य गरेर कुनै अर्थ हुँदैन भन्ने विगतमा प्रमाणित भइसकेपछि मरिहत्ते गरेर के प्राप्त हुन्छ रु उनले भने, ‘यो मधेस आन्दोलनका लागि धोका हुन्छ । ओलीसँग सहकार्य गर्नु भनेको लोकतन्त्रलाई धरापमा पार्नु र संघीयतलाई खारेज गर्न सहयोग गर्नु हो।’
संसद विघटनको विपक्षमा रहेका शक्तिहरु मिलेर मुुलुकलाई निकास दिनुपर्ने उनको भनाइ थियो।